सर्लाहीबाट अबैध कपडासहित भ्यान प्रहरी नियन्त्रणमा

रेडियो गौशाला , २१५५  पटक हेरिएको

हरिवन । सर्लाहीबाट झण्डै विभिन्न किसिमका रेडिमेड कपडाहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको हरिवन नगरपालिका-११ कडरिया चोकबाट शुक्रबार साँझ ०८:०० बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र.३-०१-०२४ च.८१०७ नं.को भ्यानलाई चेकजाँच गर्ने क्रममा करिब एक लाख बाउन्न हजार चार सय साठी बराबरको राजस्व छली गरी ल्याएको उक्त सामान नियन्त्रणमा गरिएको हो।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको गस्तीको टोलीले चालकलाई नियन्त्रणमा लिईको हो। पक्राउ परेको गाडी र चालकलाई आवश्यक कार्बाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जानकारी दिएको छ।

प्रकाशित मिति: २०२३-१२-२३ , समय : ०९:३०:५४ , २ वर्ष अगाडि