पूर्व राष्ट्रपति यादवले गरेन मतदान

रेडियो गौशाला , ८७२  पटक हेरिएको

File Photo

जनकपुरधाम- नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवका छोरा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पाँच दलीय गठबन्धन संग अन्तर्घात गरेको आरोप लगाइएको छ ।

पाँच दलीय गठबन्धनका तर्फवाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव तथा प्रदेश सभा सदस्यका उम्मेदवार शेषनारायण यादवलाई सहयोग गर्नुको साटो आफ्नो प्रभावमा रहेका मत एमाले–जसपा गठबन्धनका उम्मेदवार रघुवीर महासेठ र ज्ञानेन्द्र यादवलाई मत क्रस गराएको आरोप लगाइएको छ ।

चन्द्र मोहनले प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी रहेको तर, पार्टीले टिकट नदिएपछि उनले बागी भएर उम्मेदवारी दिने तयारी समेत थालेका थिए । पार्टीवाट असन्तुष्ट भएका चन्द्रले आफ्नै उम्मेदवारको मत क्रस गराउँदा उनीमाथि कारवाहीको समेत कुरा कांग्रेसका नेताहरुले गर्न थालेका छन् । चन्द्रमोहन गत प्रतिनिधिसभाको निर्वाचनमा समेत उम्मेदवार बन्ने चर्चा चलेपनि अन्तमा उनलाई प्रदेशको उम्मेदवार बनाइएको थियो । तर, यस पटक भने उनले प्रतिनिधिसभाको टिकट माग्दा प्रदेश सभा पनि नपाएपछि आफ्नो प्रभावमा रहेको लक्ष्मीनिया गाउँपालिका–४ आफ् नो गाउँ सपही, जनकपुरधाम उप– महानगरपालिका १९ (जमुनिया, थुमौना र सिहपुर) का मत एमाले जसपाका उम्मेदवार महासेठ र जसपाका उम्मेदवार ज्ञानेन्द्र यादवलाई दिन मतदाताहरुलाई सुझएका थिए ।

आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ वाट प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनका उम्मेदवार महेन्द्र यादव र प्रदेशका उम्मेदवार शेषनारायण यादव जित्ने प्रवल सम्भावना रहेपनि चन्द्र मोहनको क्रियाकलापले कांग्रेसी बदनाम हुन सक्ने स्थानीयहरुको भनाई थियो । पूर्व राष्ट्रपतिले गरेन मतदान नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदान गरेका छैनन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले आफ्नो पैत्रिक गाउँ लक्ष्मीनिया–४ सपहीमा मतदान गरेका थिए तर, आइतवार सम्पन्न निर्वाचनमा उनले मतदान गरेनन् । स्रोतका अनुसार पूर्व राष्ट्रपति यादवका पुत्र चन्द्रमोहन यादवले प्रतिनिधिसभा सदस्यको टिकटकालागि दावी गरे तर प्रदेशसभामा समेत टिकट नपाएपछि उनी पार्टीवाट अत्यन्त असन्तुष्ट छन् । पूर्व राष्ट्रपति यादव पार्टीका महामन्त्री हुँदा उनलाई पार्टीले राष्ट्रपतिका उम्मेदवार बनाएर बिजयी बनाएका थिए । तर, अहिले उनले आफ् नो छोराले टिकट नपाउँदा मतदान समेत नगरेपछि उनको आलोचना समेत गरिएको थियो ।

पूर्व राष्ट्रपति डा. यादवका छोरा चन्द्र मोहन र भतिजि किरण यादव सक्रिय राजनीतिमा छन् । चन्द्रमोहन धनुषाको निर्वाचन क्षेत्र नम्वर ४ मा छन् भने भतिजि महोत्तरी निर्वचन क्षेत्र नम्वर २ वाट सक्रिय राजनीतिमा छन् ।

तर, गठबन्धन र नेताहरुको सिट बाँडफाँटमा नत चन्द्रमोहन नत किरणले टिकट पाएकी छन् । महोत्तरी २ वाट पाँच दलीय गठबन्धनका एक घटक लोसपाले टिकट पाएपछि त्यहाँ शरत सिंहलाई उम्मेदवार बनाइए पछि किरण पनि असन्तुष्ट छन् ।

पूर्व राष्ट्रपति यादवले छोरा र भतिजिलाई पार्टीले टिकट नदिएपछि पार्टी पंक्ति प्रति असन्तुष्ट हुँदै मतदान समेत वहिस्कार गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०९:२१:०८ , २ वर्ष अगाडि