महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने

रेडियो गौशाला , २६५८  पटक हेरिएको

महोत्तरी – महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ। आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ।

बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए।

दमार, चल्तीलगायतका ठाउँमा मतदान अधिकृतले केही मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ। मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणाना गरिने सहमति भएको छ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १२:१८:३७ , २ वर्ष अगाडि