महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

रेडियो गौशाला , १५१०  पटक हेरिएको

महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ।

महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।

उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ। अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो। यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९ प्रतिशत ३४ मत खसेको छ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १४:१९:५३ , २ वर्ष अगाडि