विद्युत् सर्ट हुँदा एक कस्मेटिक पसलमा आगलागी

रेडियो गौशाला ,

महोत्तरी – महोत्तरीमा एक कस्मेटिक पसलमा आगलागी भएको छ।

बुधवार साझ ६ बजेको समयमा विद्युत् सट भएर गौशाला नगरपालिका – ५ बस्ने सुशील पासमानले करिब ६ महिना पहिला संचालनमा राखेको श्रुती कस्मेटिक पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक रंजन मिश्रले जानकारी दिए।

विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट क्षति भएको विवरण अहिले नआएको जनाइएको छ। दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १९:३६:३४ , १ वर्ष अगाडि