माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित

रेडियो गौशाला , ९०९  पटक हेरिएको

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १३ हजार ४६६ मतान्तरले जित निकालेका हुन् ।

यसअघि चितवनको क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका प्रचण्डले यसपटक गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए ।

प्रचण्डले २६ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् ।

त्यस क्षेत्रबाट उम्मेदवारी दिएका एमालेका अब्दुस मियाले तेस्रो हुँदै ७ हजार ३९३ मत ल्याए ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : ०७:१३:५२ , १ वर्ष अगाडि