महोत्तरीबाट प्रदेशसभामा लोसपाका अभिराम शर्मा निर्वाचित

रेडियो गौशाला , १४४६  पटक हेरिएको

गौशाला- महोत्तरी क्षेत्र नं. ३ को १ मा अभिराम शर्मा निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्माले ९८९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।

शर्माले आफ्ना निकटम प्रतिद्वन्द्वी दिपेन्द्र झालाई पराजित गरेका हुन् ।

झाले ९७१८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै ४०३८ मत ल्याएर जनमत पार्टीका कुशेश्वर साहले तेस्रो स्थान हासिल गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : ०८:४४:१९ , १ वर्ष अगाडि