मधेशका गृहमन्त्री साह विजयी

रेडियो गौशाला , १०१६  पटक हेरिएको

बर्दिबास- मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका साह विजयी भएका हुन्।

महोत्तरीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार साहले ८ हजार ३ सय ७१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले तथा जसपा गठबन्धनका उम्मेदवार रामश्रेष्ठ महतोले ५ हजार ७ सय ७१ मत ल्याए।

यसैगरी नेकपा माओवादी केन्द्रबाट बागी उठेका विष्णुबहादुर योञ्जनले ४ हजार ६ सय ११ र जनमत पार्टीका विक्रम साह तेलीले २ हजार ८ सय ३० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:१३:४१ , १ वर्ष अगाडि