महोत्तरी २ (ख) मा सुरिता साहको दोस्रो जित

रेडियो गौशाला , ८७४  पटक हेरिएको

महोत्तरी- महोत्तरी क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित भएकी छन्।

साहले सत्तारूढ गठबन्धनका उम्मेदवार तथा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलाई १ हजार ७ सय ६६ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन्।

साहले ८ हजार ५ सय ६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ८ सय २ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी थिइन्। अघिल्लो
निर्वाचनमा १५ हजार ४४० मत ल्याएर उनले नेपाली कांग्रेसका राजकरण साहलाई पराजय गरेकी थिइन्।

सत्तारूढ गठबन्धनबाट लोसपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेकी थिइन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:१४:२१ , २ वर्ष अगाडि