विनोद चौधरी विजयी

रेडियो गौशाला , ८९०  पटक हेरिएको

काठमाडौं- नवलपरासी पश्चिम क्षेत्र नं १ मा विनोद चौधरी विजयी भएका छन्। कांग्रेस उम्मेदवार चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयश त्रिपाठीलाई ७ हजार बढी मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत ल्याएका छन् भने त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:१५:२३ , १ वर्ष अगाडि