रेडियो गौशाला , ११५९ पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2022/11/samanupatik-7_20221126071250.jpg)
काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले १७ लाख मत कटाएको छ। शनिबार बिहान ७ बजेसम्मको मतगणना अनुसार एमालेले १० लाख ४२ हजार २५९ मत ल्याएको हो। त्यसपश्चात क्रमशः कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले मत पाएका छन्।
नेपाली कांग्रेस १६ लाख ६८ हजार १४०, राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ५६ हजार ४२०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ७ लाख ३७ हजार १५३, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ लाख ८८ हजार ६५९, जनता समाजवादी पार्टीले २ लाख ६ हजार ५८४ मत पाएका छन्।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले १ लाख ५१ हजार ७२२, नागरिक उन्मुक्ति पार्टीले १ लाख ३६ हजार ७५२, जनमत पार्टीले १ लाख ३३ हजार ८९१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
८१ हजार ३९९ ल्याएका छन्।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउँदा हालसम्म एकीकृत समाजवादी, लोसपा र जसपाले थ्रेसहोल्ड कटाउन सकेका छैनन्। देशभर समानुपातिकतर्फको मत गणना जारी रहेको छ।
प्रकाशित मिति: २०२२-११-२६ , समय : ०७:३३:०५ , २ वर्ष अगाडि