महोत्तरी- १ : मतगणना स्थलमा जनमत पार्टीको प्रदर्शन

रेडियो गौशाला , १४३८  पटक हेरिएको

सुनिता बराल, महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र महतोले आरोप लगाए ।

क्षेत्र नं १ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताए ।

अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै जनमतका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति: २०२२-११-२६ , समय : १५:०८:१३ , २ वर्ष अगाडि