समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?

रेडियो गौशाला , ८६४  पटक हेरिएको

काठमाडौँ- समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले २५ लाख ७ हजार ४०३ मत प्राप्त गरेको छ।

त्यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८ सय ८५ मत प्राप्त गरेको छ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले ३ लाख ५१ हजार २ सय ६० मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २०२२-११-२८ , समय : ०७:४६:३२ , १ वर्ष अगाडि