मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

रेडियो गौशाला , ८९४  पटक हेरिएको

जनकपुरधाम- मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-२८ , समय : ०७:५३:२० , १ वर्ष अगाडि