रेडियाे गाैशाला , २९८६ पटक हेरिएको
डेङ्गी सङ्क्रमणका बिरामी घट्न थालेपनि जोखिम भने कायमै रहेको विज्ञहरुले बताएका छन् । नेपालमा हालसम्म ४३ हजार ६ सय ८५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ भने ५१ जनाको मृत्यु भइसकेको छ । गत सेप्टेम्बरमा २७ हजारमा डेङ्गी पुष्टि भएकोमा अक्टोबर अन्तिम सातासम्म १३ हजारमा पुष्टि भएको छ । तथ्याङ्कले डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० प्रतिशतले घटेको देखाएपनि डेङ्गी सङ्क्रमण हुँदैन भनेर ढुक्कसँग बस्न मिल्ने अवस्था भने नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले सीआईएनसँग बताउनुभयो । डेङ्गी फैलाउने एडिस प्रजातिको लामखुट्टे कम भइनसकेकाले अहिले नै डेङ्गीको प्रकोप हटिनसकेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:३४:०९ , २ वर्ष अगाडि