ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईँको मोबाइल सेटमा चल्छ ?

रेडियो गौशाला , ३५३०  पटक हेरिएको

काठमाडौँ- नेपाल टेलिकमले देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई-सिम वितरण थालेको हो ।

यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौँको सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई-सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरूबाट ई-सिम लिन सकिने टेलिकमले जनाएको छ ।

अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरूले निःशुल्क रूपमा ई-सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई-सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनले मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने जानकारी दिए । आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गर्न *#06# डायल गर्नुपर्छ । ई-सिम राखेपछि अहिले राख्दै आएको सिम कार्डलाई मोबाइल फोनमा राख्नुपर्ने छैन ।

प्रकाशित मिति: २०२२-११-२९ , समय : ०७:२०:३७ , १ वर्ष अगाडि