विश्वकप क्रिकेट अन्तर्गत आज दूई खेलहरू हुँदै ।।

रेडियाे गाैशाला , ६८२  पटक हेरिएको

विश्वकप क्रिकेट अन्तर्गत आज दूई खेलहरू हुँदैछन् । पहिलो खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे इङ्ल्यान्ड र आयरल्याण्ड खेल्दा दोस्रो खेल अफगानिस्तान र न्युजिल्यान्डबीच दिउँसो पौने १ बजे हुनेछ । यसअघि भएको खेलमा आयोजक अष्ट्रेलियाले आठाँै संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । पर्थमा हिजो अष्ट्रेलियाले श्रीलङ्कालाई ७ विकेटले पराजित गरेको हो । श्रीलङ्काले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । अष्ट्रेलिया पहिलो जित सहित समूह ‘ए’को चौथो स्थानमा रहेको छ । अष्ट्रेलियाले २ खेलमा २ अङ्क जोडेको छ । श्रीलङ्का २ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:४२:५२ , १ वर्ष अगाडि