स्नेहा कर्ण, , १२११ पटक हेरिएको
साक्षरताको हिसाबले सबैभन्दा कमजोर मधेश प्रदेशको एउटा गाउँको साक्षरता दर ९२ प्रतिशत पुगेको छ । प्रदेशको ८ वटै जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेको छैन । तर महोत्तरीको जलेश्वर नगरपालिकाबाट डेढ किलोमिटरको दूरीमा पर्ने सुगा गाउँको साक्षरता दर ९२ प्रतिशत पुगेको छ । सुगा गाउँका बालबालिका सुकदेव माध्यमिक विद्यालयमा पढिरहेका छन् । सोहि विद्यालयबाट माध्यमिक तह पूरा गरि अहिले स्नातक तहमा अध्ययन गरिरहनुभएका निशा ठाकुर गाउँकै अन्य व्यक्ति जस्तै नाम कमाउने चाहना रहेको बताउनुहुन्छ । पौराणिक कालमा सुकदेव नामक ऋषिले तपस्या गरेको सम्झनामा यो गाउँको नाम सुगा राखिएको मान्यता छ । संस्कृतमा सुगा चरालाई सुक पनि भनिन्छ । उनै ऋषिको नामबाट राखिएको सुकदेव विद्यालयमा अध्ययन गरेर नेपाल सरकारका माथिल्ला तहमा पुगेका व्यक्ति घरैपिच्छेजसो भेटिन्छन् । सुगा गाउँकै कृष्णहरी पुष्कर वर्तमान अर्थ सचिव हुनुहुन्छ भने पूर्व सांसद कामेश्वर पाण्डे र रामचन्द्र तिवारी तथा राजनीतिक विश्लेषक सीके लालको गाउँ पनि यही हो । सुगा गाउँबाट धेरै इन्जिनियर, शिक्षक, चिकित्सकलगायत व्यक्तित्व राष्ट्रियस्तरमा पुगेको पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले बताउनुभयो । आर्थिक वर्ष ०६५÷६६ मा सुरु भएको साक्षरता कार्यक्रम १४ वर्षसम्म पनि पूरा हुन सकेको छैन । जसको प्रमुख कारण मधेशका कुनैपनि पालिका साक्षर घोषणा नहुनु हो । झन्डै डेढ दशकसम्म मधेस प्रदेशका एउटा पालिका पनि साक्षर घोषणा नहुँदा महोत्तरीको सुगा गाउँले भने आपूmलाई नमूना गाउँका रुपमा चिनाइरहेको छ ।
प्रकाशित मिति: २०२२-१२-०१ , समय : १३:०९:४७ , २ वर्ष अगाडि