सुनसरी ४ मा एमाले उम्मेदवार अगाडि ।।

रेडियो गौशाला , ८८०  पटक हेरिएको

सुनसरी ४ मा एमाले उम्मेदवार झिनो मतले अग्र स्थानमा छन् । नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले पछाडि पार्नुभएको हो । यो खबर तयार पार्दासम्म कुसियैतले २९ हजार ९६६ मत प्राप्त गर्नुभएको भने कार्कीले २९ हजार ९३९ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका विध्यानन्द यादवले तीन हजार १६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले तीन हजार १२७ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : १३:२२:२७ , १ वर्ष अगाडि