गौशाला १० मा अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण

रेडियो गौशाला , १५९०  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशाला नगरपालिका १० र ११ मा नियमित स्कुल जाने सात जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० मा सामुदायीक परिवार कल्याण संघ बर्दिबास द्धारा संचालित समुन्नती कार्यक्राम आन्तार्गत छनौट भएका नियमित स्कुल जाने नितेश मण्डल, आयुष कुमार महतो, श्रवण कुमार महतो र सुरज कुमार महतोलाई गौशाला नगरपालिका १० का वडा अध्यक्ष तथा वडा बालअधिकार समिताका संयोजक विष्णु कुमार महतो (मुकेश)द्धारा शैक्षिक सामाग्री तथा पोशाक प्रदान गरिएको हो ।

यस्तै, गौशाला नगरपालिका वडा नम्बर ११ मा सिवराज यादव, रमित महतो र आशिक कुमार महतो लाई समेत शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको समुदायीक प्ररिचालक रिंकी श्रेष्ठले बताईन ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : १३:४०:५६ , १ वर्ष अगाडि