गौशालामा विद्युत सर्ट भई आगलागी, बरुण यन्त्र र स्थानीय युवाहरुको सहयोगमा आगलागी नियन्त्रमा

बिबेक कुमार महतो , ११५६  पटक हेरिएको

महोत्तरी – महोत्तरीको गौशालामा विद्युत तार सट भइ परालमा भएको आगलागी बाट क्षति भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० स्थित बटौवामा आज (बिहिबार) बेलुका करिब ७ बजेको समयमा टेलाडीमा लोड गरि ल्यारहेको परालमा विद्युत तार सट भई आगलागी हुदा करिब दश हजार बराबरको क्षती भएको छ ।

स्थानिय रामपृत मण्डलले पराल खरिद गरि घरमा लगि रहेको बेला बाटोमा अचानक पराल लोड भएका टेलारी विद्युत तारमा टासिदा आगलागी भएको थियो ।

आगलागी भए लगतै गौशाला नगरपालिकाका बरुण यन्त्र र स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रमा आएको गौशाला नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विष्णु कुमार महतोले बताए ।

प्रकाशित मिति: २०२२-१२-०२ , समय : ०६:१३:३४ , १ वर्ष अगाडि