महोत्तरीको गौशालामा यसबर्ष पनि प्रदेश स्तरीय फुटबल टुर्नामेन्ट हुने ।।

बिष्णु यादब,गौशाला , १९३३  पटक हेरिएको

महोत्तरीको गौशाला नगरपालिका वडा नंम्बर ४ स्थित बिरता खेल मैदानमा यसबर्ष पनि प्रदेश स्तरीय फुटबल टुर्नामेन्ट हुने भएको छ । बिर्ता स्पोर्टस क्लवको आयोजनामा प्रत्येक बर्ष हुदै आएको फुटबल महासंंग्राम अर्थात फुटबल टुर्नामेन्ट यस बर्ष पौष २ गते शनिबारदेखी सुरु हुने आयोजकले जनाएको छ ।

यस टुर्नामेन्टमा जम्मा १६ ओटा टिमलाई मात्र सहभागी गराईने छ भने फाईनलमा पहिलो हुने टिमलाई नगद ६५ हजार र दोस्रो हुने टिमलाई नगद ३० हजार नेपाली रुपैया,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष अशोक महतोले जानकारी दिनुभयो ।

साथै टुर्नामेन्टमा सहभागी हुनका लागी ईक्छुक टिमहरुलाई आब्हानसमेत अध्यक्ष महतोले गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-१२-०२ , समय : १३:२८:२८ , १ वर्ष अगाडि