जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु , ९ जना घाइते

रेडियो गौशाला , ६१९  पटक हेरिएको

धनुषामा आज विहान जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ भने ९ जना घाइते भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाे अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हाे।

धनुषाका एसपी बसन्त रजाैरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको जानकारी दिए। मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह , महाेत्तरीकाे रामगोपालपुर ७ सहसाैला बस्ने १७ वर्षीया मंजुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सृजना साह, जीप चालक धनुषाकाे धनाैजी गापा ४ बस्ने २५ वर्षीय अबदुल मंसुरी रहेकाे प्रहरीले जनाएको छ। घाइतेहुनेहरूमा महाेत्तरीकाे लाेहारपट्टी ४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविता कुमारी साह, धनुषाकाे मुखियापट्टि मुसरनिया ४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुस कुमार साह, महाेत्तरीकाे पिपरा २ बस्ने २६ वर्षीय प्रियंका साह, ५ वर्षीया बालिका प्रतिका साह, ४ वर्षीय बालक अंशु साह रहेका छन्।

घाईतेहरूकाे उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेकाे एसपी रजाैरेले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : १२:०६:५३ , १ वर्ष अगाडि