महोत्तरीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

रेडियो गौशाला , १२०४  पटक हेरिएको

महोत्तरी- महोत्तरीमा नम्बर नखुल्न सकेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका ५ महरा खोल्सी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीेले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-०४ , समय : ०७:४४:३१ , १ वर्ष अगाडि