एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका

रेडियो गौशाला , ९६५  पटक हेरिएको

Photo : NepalPress

काठमाडौं – एमालेका नेता तथा काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला हो । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्ताे वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-०४ , समय : ०८:३०:५४ , १ वर्ष अगाडि