सुनको मूल्य निरन्तर उकालो लाग्दै, ३ दिनमै बढ्यो १ हजार ५ सय ।।

रेडियो गौशाला , १५९०  पटक हेरिएको

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालमा सुनको मुल्यमा बद्धि भईरहेको छ । गत बुधबारदेखि बढ्न थालेको सुनको मूल्य आज पनि बढेको महासंघले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ ।

महासङ्घका अनुसार ३ दिनमा १ हजार ५ सयले सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको थियो । यस्तै, हिजो ५ सय रूपैयाँले बढेको थियो भने आज १ हजार रूपैयाँले बढेको महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रूपैयाँ छ भने तेजावी सुनको मूल्य तोलामा ९८ हजार ६०० रूपैयाँ छ ।

हिजाछापावाल सुनको मूल्य ९८ हजार १ सयर तेजाबी सुनको मूल्य ९७ हजार ६ सय रूपैयाँ थियो ।यस अवधिमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले बढेको छ । महासङ्घले बुधबारयता मात्रै चाँदीको भाउ ६० रूपैयाँले उकालो लागेको जानकारी दिएको हो । चाँदीको मूल्य तोलामा १३ सय ४५ रूपैयाँ पुगेको छ । आजै चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १२:४७:१४ , २ वर्ष अगाडि