क्यालिब्रेसन फ्लाइटका कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित ।।

रेडियो गौशाला , १५१७  पटक हेरिएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अर्थात क्यालिब्रेसन फ्लाइटका कारण आज पनि आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयले विहान १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्ने कार्यालयले जनाएको छ ।सोहीपरीक्षणका कारण नियमित उडान प्रभावित हुने भएको हो ।

वायुसेवा कम्पनीहरुले विमानस्थलमा परीक्षणका क्रममा हुने असरले उडानमा परेको असरबारे आफ्ना यात्रुलाई सूचित गराएका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्न ल्याइएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलमा समेत परीक्षण गरिएको हो ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १२:५०:२२ , १ वर्ष अगाडि