तत्काललाई सुकुम्बासीलाई नहटाउन भूमि आयोगको निर्देशन ।।

रेडियो गौशाला , १५६९  पटक हेरिएको

राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ । आयोगले आजएक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न समेत निर्देशन दिएको छ । लगत सङ्कलन तथा प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्म बस्ती नहटाउन आयोगले जारी गरेको सुचनामा उल्लेख रहेको छ । राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबिच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा लगत सङ्कलन सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएका थियो भने स्थानीय तहहरू र विगतका आयोग तथा समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएकोथियो तर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिलागु गरिएको आचारसंहिता अनुसार निर्वाचन आयोगको निर्देशन बमोजिम २०७९ भाद्र ३१ गतेबाट सम्पुर्ण कार्य स्थगन गरिएका थिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात भुमि आयोगले सूचना प्रकाशन गरी पुनः सञ्चालन गर्ने आयोगको सूचना भनिएको छ ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १२:५३:२४ , १ वर्ष अगाडि