गौशालाका नगर प्रहरी एक्शनमा, सार्वजानिक स्थानमा लागुऔषध सेवन गर्नेलाई धमाधम पक्राउ गर्दै

रेडियो गौशाला , १७७६  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रहरीले सार्वजानिक स्थानमा लागुऔषध सेवन गर्नेहरुलाई धमाधम पक्राउ गर्दै छन् ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी १८ वर्षिय आकाश थापा मगर र गौशाला नगरपालिका बस्ने वर्ष २३ को विजय मंडल रहेको नगर प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिकाका नगर प्रहरीहरुले सञ्चालन गरेको अभियानका पहिलो दिनमै दुई जनालाई पक्राउ गरेको छ । उक्त अभियानको पहिलो दिन दुई जना लागुऔषध खाई रहेको बेलामा १ थान वाटरगण, एक थान लाईटर र लागुऔषध सहित गौशाला नगरपालिकाका नगर प्रहरीले पक्राउ गरेका छन् ।

अहिले ती दुवै लागुऔषध सेवनकर्तालाई ईलाका प्रहरी कार्यालयमा बुझाउने तैयारी भई रहेको नगर प्रहरीले बताए ।

प्रकाशित मिति: २०२२-१२-०६ , समय : ०८:०१:०४ , १ वर्ष अगाडि