करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

रेडियो गौशाला , ५६८  पटक हेरिएको

रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका ४ का २५ वर्षीय मेघनाथ चौधरी छन् ।

मंगलबार साँझ विद्युत मोटरबाट खेतमा पानी लगाउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : ११:४०:५३ , २ वर्ष अगाडि