थप १६ जनामा कोरोना संक्रमण पुष्टि

रेडियो गौशाला , १६६१  पटक हेरिएको

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा १६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १७:२३:४४ , १ वर्ष अगाडि