मलको विषयलाई लिएर झडप

रेडियो गौशाला , ६२१  पटक हेरिएको

वीरगञ्ज- रासायनिक मलको विषयलाई लिएर बाराको सिम्रौनगढ नगरपालिका ४ मा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।

वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवाद उग्र रुप लिएपछि झडप भएको हो ।

मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद झडपमा परिणत भएको छ ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : ११:५४:१९ , १ वर्ष अगाडि