सप्तरीबाट ३९ केजी गाँजा बरामद

रेडियो गौशाला , ७३०  पटक हेरिएको

सप्तरी । कञ्चनरूप नगरपालिकामा बुधबार बिहान प्रहरीले ३९ केजी गाँजा फेला पारेको छन् । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नी यातायातको बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेको थियो । बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले बताए ।

उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डीएसपी यादवले जानकारी दिए । घटना बारे थप अनुसन्धाम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-०८ , समय : ०८:३७:२८ , १ वर्ष अगाडि