एनसेलले माग्यो माफी

रेडियो गौशाला , २७१७  पटक हेरिएको

काठमाडौँ- बिहीबार बिहानदेखि सेवा अवरुद्ध भएपछि एनसेलले माफी मागेको छ । एक सूचना जारी गर्दै एनसेलले माफी मागेको हो ।

सडक विस्तारको क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि एनसेलले माफी समेत मागेको छ ।

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं’, सूचनामार्फत एनसेलले भनेको छ ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : ०६:२३:४८ , २ वर्ष अगाडि