लोसपाले आयोगमा पठायो समानुपातिक सांसदको नामावली

रेडियो गौशाला , १५४८  पटक हेरिएको

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ । लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ । लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ ।

लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ । समानुपातिक मत तीन प्रतिशत भन्दा कम आएका कारण राष्ट्रिय दलको मान्यता पाउन सकेन ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : ०३:५२:०६ , १ वर्ष अगाडि