नेपाल संवतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न आवश्यक : प्रधानमन्त्री देउवा

रेडियो गौशाला , ३०७५  पटक हेरिएको

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल संवतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल संवत ११४३ को अवसरमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल संवतको प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वा:ले गरेको कामबाट सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

शङ्खधर साख्वा:ले देखाएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत नरहेको उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १७:५३:३५ , ३ वर्ष अगाडि