टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आयरल्याण्डद्वारा इंग्ल्यान्ड पराजित

रेडियो गौशाला , १०११  पटक हेरिएको

काठमाडौँ- टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आयरल्याण्डले इंग्ल्यान्डलाई ५ रनले हराएको छ ।

बुधबार बर्षाका कारण प्रभावित खेलमा आयरल्यान्डले इंग्ल्यान्डलाई डकवर्थ लेविस पद्दतिका आधारमा ५ रनले हराएको हो । १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन बनाउँदा बर्षाका कारण खेल अवरुद्ध भएको थियो ।

पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । प्रतियोगितामा अहिले अफगानस्तान र नेदरल्यान्ड्स खेलिरहेका छन् ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १८:१९:१६ , २ वर्ष अगाडि