१५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

रेडियो गौशाला , ५१२  पटक हेरिएको

सिरहा- प्रहरीले सिरहाको विभिन्न स्थानमा अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको बताए।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : १४:२१:२४ , १ वर्ष अगाडि