स्रोत नखुलेको २४ लाख रुपैयाँसहित धनुषाबाट भारतीय नागरिक पक्राउ

रेडियो गौशाला , ७४४  पटक हेरिएको

जनपकुरधाम- धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी १ मंदिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

धनुषाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार बरामद भएको हो ।

यस्तै सशस्त्र प्रहरीले मोटरसाइकलको दुईलाख मुल्यांकन गरी रुपैयाँ र पक्राउ परेका युवकलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : १४:२२:२९ , १ वर्ष अगाडि