गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय

रेडियो गौशाला ,

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको सरकारमा जाने निर्णय गरेको छ।

सोमबार काठमाडौँमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनको सरकारमा जाने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए।

उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय पहिले नै भइसकेकाले यसलाई निरन्तरता दिने बताए।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : १४:२९:५४ , १२ महिना अगाडि