महोत्तरीबाट नेहा चौधरीका श्रीमान पक्राउ

रेडियो गौशाला ,

महोत्तरी- दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा महोत्तरी प्रहरीले मंगलवार साँझ पंकजलाई महोत्तरीको रामगोपालपुर-५ बाट पक्राउ गरेको हो।

महोत्तरीको औरही-१ घर भएकी नेहा र रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै दाइजो नदिएको निहुँमा श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन शुरु गरेका थिए।

दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान कुटपिटबाट घाइते अवस्थामा माइतीले उद्धार गरि अस्पताल पुर्‍याएका थिए। पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन्। घरको मुख्यद्वारमा अहिले ताला लागेको छ।

नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : ११:५८:०८ , १२ महिना अगाडि