मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

रेडियो गौशाला , १०९१  पटक हेरिएको

जनकपुरधाम । धनुषामा मिलको फित्ता (पट्टा) मा बेरिएर एक महिलाको मृत्यू भएको छ ।

धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित रहेको स्थानीय राम अशिष मण्डलको चामल निकाल्ने मिलको फित्तामा बेरिएर महिलाको मृत्यू भएको हो । हुनेमा सोही स्थान बस्ने महिन्द्र साहको ४५ बर्षिय श्रीमति रुदौलीबाली भन्ने कालोदेवी साहको मृत्यु भएको हो ।

विहिबार बिहान करिब ६ः३० बजेको समयमा फित्तामा बेरिएर उनको घटनास्थलमै मृत्यू भएको हो ।श्रीमान महिन्द्र साह बैदेशिक रोजगारीमा रहेको छिमेकीहरुले बताएका छन् । उनी विहानै घर खर्चाको लागि धान कुटाउन मिल पुगेकी थिइन् । उनको ३ छोरी र १ छोरा गरी ४ सन्तान रहेको छ । जसमध्ये दुई छोरीको बिहे भईसकेको छ ।

अहिले धनुषा प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको छ भने अनुसन्धान कार्य समेत प्रहरीले अगाडी बढाएको छ । घटनाको प्रकृति हेर्दा उनको टाउको र शरिर अलग भएको छ । प्रहरीले सोही शिराबाट अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १३:११:२२ , १ वर्ष अगाडि