सर्लाहीमा बेवारिसे शव फेला

रेडियो गौशाला , ८७८  पटक हेरिएको

सर्लाही । सर्लाहीमा एकजना पुरुषको वेवारिसे अवस्थामा लास फेला परेको छ ।
ईश्वरपुर नगरपालिका–६ राधा कृष्णा मन्दिरको प्राङ्गणमा एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२–३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएकोे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १३:२०:४४ , १ वर्ष अगाडि