धनुषामा बस र हाइसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रेडियो गौशाला , १०५२  पटक हेरिएको

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सवारी दुर्घटनामा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको हो ।

बुधबार राति १० बजे पूर्वबाट काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल कोक्किएर थियो । बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रित भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

घाइते महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । दुर्घटनासँग जोडिएका बस, हाइस र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १३:३७:३९ , २ वर्ष अगाडि