नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक महोत्तरीबाट पक्राउ

रेडियो गौशाला , ४८२  पटक हेरिएको

महोत्तरी- नक्कली नेपाली रुपैयाँसहित महोत्तरीबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी ग्राम पंचायत भदियन थाना नानपुर १० बस्ने २१ वर्षीय रमन कुमार रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

जलेश्वर नगरपालिका ३ मलिवाडा बजारस्थित चौकमा घुम्ती पसलमा रमनले नेपाली नक्कलीजस्तो नोट साट्न खोज्दा स्थानीय मानिसहरूले नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलका अनुसार युवकको खानतलासी गर्दा १ हजारको ११ थान नेपाली रुपैयाँ बरामद भएको हो।

महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-१७ , समय : १२:५८:५७ , १ वर्ष अगाडि