महासङ्घलाई जग्गा उपलब्ध गराउने नगरप्रमुख चाैधरीको प्रतिबद्धता

रेडियो गौशाला , ६५०  पटक हेरिएको

सिरहा- लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देश र समाज विकासमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरुपमा सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै प्रमुख चौधरीले समाजको महत्वपूर्ण क्षेत्र पत्रकारिता जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य ललिता साह र महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले महासङ्घको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ०५:३५:१३ , १ वर्ष अगाडि