प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

रेडियो गौशाला , ८७८  पटक हेरिएको

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३५, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १५, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् ।

समारोहमा आयोगका माननीय फ्रमुख निर्वाचन आयुक्तसहित सबै माननीय निर्वाचन आयुत्तहरूको उपस्थिति रहेको थियो ।

आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०७:२३:०८ , २ वर्ष अगाडि