स्वीकृति लिएर मात्र बिदा बस्न देशभरका कर्मचारीलाई मन्त्रालयको निर्देशन (परिपत्रसहित)

रेडियो गौशाला , ६६३  पटक हेरिएको

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई मन्त्रालयबाट स्वीकृत गराएर मात्र बिदा बस्न निर्देशन दिएको छ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीलाई मन्त्रालयले परिपत्र गर्दै पूर्व स्वीकृति लिएर मात्र बिदामा बस्न भनेको हो।

७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई मन्त्रालयले परिपत्र गर्दै बिना सूचना बिदा नबस्न निर्देशन दिएको हो।

मन्त्रालयका उपसचिव रबिन्द्रजंग थापाले जारी गरेको पत्रमा भनिएको छ, ‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकोले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०९:३१:५० , १ वर्ष अगाडि