मुखमा घाउ आएको छ ? यस्ता छन् घरेलु उपायहरु

रेडियो गौशाला , १८३१  पटक हेरिएको

काठमाडौं- कहिले काहिँ मुखमा जिब्रोमा घाउ आए निकै नै सास्ती भोग्नु पर्दछ । प्रायः मानिसहरू मुखमा घाउ खटिराहरु आएको हुन्छ । अक्सर धेरै मानिसहरू यो समस्याबाट गुज्रिएको नै हुन्छ । सामान्यतया यो कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ । यसका साथै कहिलेकाहीँ शरीरमा भिटामिन बीको कमी, फलामको कमी, खानामा संक्रमण र बिफर जस्ता रोगका कारण पनि हुन्छ।

मुखको वरिपरी आउने यस्ता साना विमिरा जस्ता घाउ सामान्य जस्तो देखिएपनि धेरै पीडा दिने हुन्छन । यस अवस्थामा, मानिसहरूलाई मुखको घाउका कारण पोल्न दुख्ने, खानपानमा गाह्रो हुने गर्दछ । यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान, बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।

यस्तो अवस्थामा औषधिको साथसाथै केही घरेलु उपायको सहारा लिने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

ताजा गाईको दूध पिउनुहोस् – मुखमा घाउ खटिरा आउँदा गाईको काँचो दूध पिउनाले धेरै फाइदा हुन्छ । वास्तवमा गाईको ताजा दूधमा एन्टी माइक्रोबियल गुण हुन्छ । यसले संक्रमण कम हुने विश्वास गरिएको छ । यसको अतिरिक्त, यसले मुखको अल्सरलाई पनि शान्त पार्न सक्छ र यो जलनबाट राहत प्रदान गर्दछ। त्यसैले मुखमा छाला भएमा घाउ खटिरा आएमा गाईको दूध पिउनुहोस् ।

मुखमा मह लगाउनुहोस् – महका धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये एउटा मुखमा आएको घाउको लागि घरेलु उपचारको रूपमा काम गर्न सक्छ। मह एन्टिब्याक्टेरियल र एन्टि एलर्जीको औषधी हो। यसबाहेक, यसले जलन अनुभूतिलाई शान्त गर्न पनि प्रभावकारी हुने गर्दछ। त्यसैले मुखमा घाउ हुँदा एक चम्चा मह लिनुहोस् र यसलाई मुखभरि लगाउनुहोस्। केही समय यसरी छोडेर पानी पिउनुहोस् ।

पानको पात र मिश्री चपाउने – पनको पातले तपाईंको मुखमा ब्याक्टेरियाको वृद्धिलाई कम गर्न मद्दत गर्दछ, जसले मुखमा संक्रमण हुन दिँदैन। यसबाहेक, यसले छालाको जलन कम गर्न सक्छ र यसबाट राहत प्रदान गर्न सक्छ। यसका साथै मिश्रीको सेवन गर्दा यसले पेटलाई चिसो पार्नुका साथै दुखाइबाट पनि राहत दिने गर्दछ । त्यसैले मुखमा छाला घाउ भएमा पानको पातमा मिश्री मिसाएर बिस्तारै चपाउने गर्नुहोस् ।

यसका साथै मुखमा घाउ आएमा मन तातो पानी प्रशस्त पिउने, मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने गर्नुपर्दछ । साथै हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने, बढी चिल्लो नखाने, पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्नुपर्छ ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : १३:२०:०० , १ वर्ष अगाडि