फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने : निर्वाचन आयोग

रेडियो गौशाला , ५७८  पटक हेरिएको

काठमाडौँ- आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको जलपान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

सो अवसरमा थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ऐन बनाउन त्यसको मस्यौदा तयार गरिएको र अबको संसद बैठक बसेपछि ऐन बनाउने काम हुने उल्लेख गरे ।

उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भए पनि सो संख्या पर्याप्त नभएको बताए ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : १५:४५:०७ , १ वर्ष अगाडि